११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी



दाङ ।
बिसालु च्याउ खादा दाङको तुलसीपुरमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

उनीहरुले गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएदेखि नै उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ ललौराका ३४ वर्षीय विनोद चौधरी, ३४ वर्षीया वसन्ता चौधरी, १६ वर्षीया कोपिला चौधरी, १२ वर्षीया प्रभा चौधरी र ५५ वर्षीय माघे चौधरी बिरामी परेका छन् ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेको थियो । उनीहरुलाई राति नै अस्पताल भर्ना गरिएको थियो ।

अहिले उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९ सोमबार ००:००  ९ : ०२ बजे