दाङ ।
दाङ क्षेत्र नं २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ ।
नेकपा माओवादी केन्द्र क्षेत्र नं। २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए ।
सोही क्षेत्र नं २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।
योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्र्धा हुने आकलन गरिएको छ । ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए ।
प्रतिक्रिया