मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बालकृष्ण चापागाईले पार्टी छाडेका छन् । रुपन्देही जिल्लाका निवर्तमान पार्टी इन्चार्ज समेत रहेका चापागाईले आइतबार पार्टी छाडेका हुन् ।
उनी एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलको हातबाट टिका लगाई पुनः एमाले फर्किएका छन् ।
चापागाई प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।
समाजवादी प्रेस संगठन नेपालको संस्थापक समेत रहेका चापागाई पिएचडी उत्रीर्ण छन् ।
रुपन्देहीमा लामो समय देखि पत्रकारितामा आवद्ध चापागाईले एकीकृत समाजवादी परित्यागले कार्यकर्ता अचम्मित भएका छन् ।
केपी शर्मा ओलीको कदम विरुद्ध सुरुवात देखि लाग्दै आएका उनले किन पार्टी छाडे प्रष्ट भइसकेको छैन् ।
प्रतिक्रिया