१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

श्री कल्याणेश्वर मन्दिर संरक्षण समितिको अध्यक्षमा पुनः घिमिरे



बुद्धिसागर बेल्बासे, कपिलवस्तु ।

श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । बाणगङ्गा २ पिपरा कलौनीमा अवस्थित समितिको शनिबार तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले धर्म संस्कृतिको संरक्षण गर्दै यस क्षेत्रमा सुन्दर मन्दिर निर्माण गरेर धार्मिक पर्यटनलाई टेवा पुर्याउन समितिको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रमुख अतिथि समेत रहनुभएका अर्यालले वर्तमान कार्यसमितिलाई धन्यवाद दिंदै अबको नयाँ नेतृत्वले अपुर्ण रहेका कार्यलाई पूर्णता दिंदै अगाडि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले यसका लागि स्थानीय तहबाट हुन सक्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उप-प्रमुख रिता कुमारी चौधरी र वार्ड नम्बर २ का अध्यक्ष बिस्नु पौडेलले समितिलाई आ-आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने बताउनुभएके छ ।

संस्थाका सामाजिक लेखा परिक्षक देवी बहादुर पोख्रेलको संचालनमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

आफ्नो नेतृत्वमा संस्थाका हरेक गतिविधिमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउनु हुने सबैलाई अध्यक्ष घिमिरेले धन्यवाद ब्यक्त गर्नुभयो ।

दोस्रो अधिवेशनका लागि शैक्षिक ब्यक्तित्व सूर्य प्रसाद भुसालको संयोजकत्वमा ऋृषिकेशब भारद्वाज, टीका कुमारी अधिकारी सदस्य रहेको निर्वाचन मण्डल रहेको थियो ।

यस्तै समितीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः धर्मराज घिमिरे चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा सीता लामिछाने, सचिवमा हरि घिमिरे, सह सचीवमा माधब घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद भुसाल रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा ईन्द्रकला टन्डन, नवराज कोइराला, राम बहादुर टन्डन, छबिलाल पोख्रेल सहितको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७९ आइतबार ००:००  ७ : ४४ बजे