१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतको आसाममा एक लाख सरकारी घर बनाइने, १६ लाख मानिस लाभान्वित हुने



एजेन्सी ।
भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ ।

आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रन्जीत कुमार दासले अर्को हप्तादेखि नै ती घर बनाउने कामको थालनी हुने जानकारी दिनुभएको छ । सरकारले बनाउने सुविधासम्पन्न ती घरबाट १६ लाख मानिस लाभान्वित हुनेछन् । एक लाख घर आसाम राज्यका विभिन्न ठाउँमा बन्नेछन् ।

सरकारले घरवारविहीन तथा न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको समाचार संस्था एएनआईले जनाएको छ । घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ ।

भारतको केन्द्र सरकारले देशका अरु राज्यमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरवारविहीनहरुलाई घर बनाइदिने कार्यक्रम अगाडि सारेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९ आइतबार ००:००  ७ : १६ बजे