मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद संगठन नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा फैजल खान सर्वसम्मत चयन भएका छन् ।
शनिबार कपिलवस्तुको खरेन्द्रपुरमा भएको प्रदेश स्तरीय भेलाले खानलाई प्रदेश अध्यक्षमा चयन गरेको हो ।
खान यस भन्दा अगाडी प्रदेशको संयोजक थिए । केन्द्रले उनलाई प्रदेश संयोजक तोकेपनि शनिबारको भेलाले अध्यक्षमा चयन गरेको हो । कपिलवस्तुका खान नेकपा (एकीकृत समाजवादी) का युवा नेता समेत हुन् ।
संगठनको उपाध्यक्षमा सुलेनान अन्सारी, दिलदार बेडुवा, अजमल सिद्धिकी, सचिवमा सफिकर रहमान, उप-सचिवमा हखिला वली, अब्दुल रहेमान राई, हबिवुल्लाह भाट, कोषाध्यक्षमा महवुव अलि र अन्य सदस्यहरुमा चयन भएका छन् ।
यस्तै शनिबारको भेलाले मुस्लिम इत्तेहाद संगठन नेपाल कपिलवस्तुको अध्यक्षमा शैजाद आलम खाँलाई चयन गरेको छ ।
खाँको अध्यक्षतामा २३ सदस्यिय जिल्ला कमिटी गठन गरेको नेकपा (एकीकृत समाजवादी)को जिल्ला प्रचार विभागले जनाएको छ ।
भेलालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका पोलिटव्यूरो सदस्य तथा शहरी विकास मन्त्री मेटमणी चौधरी, मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष ताज महोम्मद, महासचिव हब्दुल हुसेन खान लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया