मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाली कांग्रेस बुद्धभूमि नगर समितिले जनताको साथमा कांग्रेस अभियान अन्तर्गत नगर स्तरीय कार्यक्रम गरेको छ ।
शनिबार बुड्ढीमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरुले पार्टीका उम्मेद्वारलाई जिताउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
आसन्न मंसीर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचन हुँदै छ ।
कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा प्रतिनिधिसभा-२ का प्रस्तावित उम्मेदवार सुरेन्द्रराज आचार्यले आसन्न चुनावमा कांग्रेसको जित अनिवार्य भएको बताए । देशको व्यवस्था बचाउनका लागि कांग्रेसको जित सुनिश्चित रहेको भन्दै केन्द्रीयस्तरमा रहेको गठबन्धन अनुसार नै पार्टी अगाडी बढ्ने बताए ।
उक्त अवसरमा कांग्रेस कपिलवस्तुका सभापति तथा महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, प्रतिनिधिसभा-२ का क्षेत्रिय सभापति तथा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठ, प्रदेशसभाका प्रस्तावित उम्मेद्वार विक्रम थापा लगायतले बोल्दै आसन्न चुनावमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया