बुटवल ।
न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै प्रथम भएको छ ।
नेपालभरिका सेकेन्डरी बी अर्थात प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो । अघिल्लो वर्षको ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले अहिले ८० प्रतिशत ल्याएर फेरि प्रथम भएको अस्पतालका मेसु डा। इन्द्र ढकालले बताए ।अस्पताले दिने सेवा, गुणस्तर, सेवाग्राहीको सन्तुष्टि लगायतका आधारमा अस्पतालको न्यूनतम मापदण्ड मूल्यांकन गर्ने गरिन्छ ।
विसं १९ सय ६७ सालमा ६ बेडबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय बेड पुर्याइएको छ । ४० आईसीयु, ४९ सुविधा सम्पन्न क्याबिन र ५० बेडको मेडिकल वार्डमा विस्तार भएको छ । अस्पतालमा लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि दैनिक एक हजार २ सय बिरामी आउने गरेका छन् । बिरामीको सुविधाका लागि बस्ने, सुत्ने, कुर्नेदेखि परीक्षण गराउने स्थल र उपकरण सुधारिएका छन् । अस्पताल परिसरभित्र सफा र स्वच्छ खानेपानी र शौचालयहरु बनेका छन् । प्रदेश सरकारले विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न भन्दै प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको प्रारम्भ्कि गुरुयोजना निर्माण गरेको छ ।
अस्पतालका अनुसार यहाँ एक वर्षमा ३ लाख ४ हजार ७ सय २५ जनाले उपचार गराएका छन् । जनरल ओपीडी इएचएस र बिमाबाट २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन् । आकस्मिक कक्षमा ५३ हजार ६ सय ६५ जनाले उपचार गराएका अस्पतालका छन् ।
प्रतिक्रिया