मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी उपभोक्ता समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार समितिको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा समितिको वार्षिक कार्यको समिक्षा संगै समितिलाई आगामी दिनको लागि थप सल्लाह सुझाव दिइएको थियो ।
कार्यक्रममा सिद्धार्थ नगर विकास समितिका अध्यक्ष विष्णु थापाले वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी समितिको मुक्तकण्ठले प्रसंसा गर्नुभयो । समितिले गरेको काम र कर्तब्य साच्चिकै स्रहानिय रहेको भन्दै यसले गर्दा संस्थालाई हेर्ने दृष्टीकोषपनि राम्रो रहेको बताउनुभयो ।
समितिको अधिवेशन नजिकिएकाले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई एकदम स्वविवेक पुर्याएर आगामी नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । साथै काम गरेकालाई नेतृत्वमा ल्याउदा राम्रो हुने बताउनुभयो ।
साथै उहाले यस संस्थामा राजनैतिक गन्ध आउन नहुने तर्फ ध्यानाकर्षण गराउनुभयो । यसैगरी नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले संस्थाले गरेको कार्य उल्लेख्नीय रहेको भन्दै अबको दिनमा वर्षको एक दिन आफ्ना उपभोक्तासंग अन्तरकृया गरेर उनिहरुबाट सल्लाहसुझाव एवम प्रतिक्रिया लिनुपर्ने बताउनुभयो । यस्तै अनुगमन समिति संयोजक विष्णु न्यौपानेले अनुगमनका क्रममा पनि पारदर्शीता पाएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले वार्षिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र अनुसार समितिले लक्ष्यको ७३ प्रतिशत काम सम्पन्न गरिसकेको छ भने ३८ प्रतिशत बजेट खर्च भएको छ ।
विभिन्न निकायबाट आएको सहयोगले आन्तरिक बजेट कम खर्च भएको अध्यक्ष शाहले बताउनुभयो । उहाले उपभोक्ताबाट आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
समितिका सचिव कृष्ण बहादुर शाहीको संचालनमा सम्पन्न कार्यक्रममा समितीका सदस्य, लेखासमिती सदस्य, पदाधिकारी, सल्लाहकार, बुद्धीजिवी, संचारकर्मी लगाएको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया