एजेन्सी ।
एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानमाथि १०१ रनको शानदार जित निकालेको छ । बिहीबार राति भएको भारतले विराट कोहलीको शतकमा सहज जित निकाल्न सफल भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो ।
अफगानिस्तानका लागि इब्राहिम जर्दानले ६४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मुजिव रहमानले १८ रन बनाउँदा राशिद खानले १५ रन जोडे । भारतका लागि भुवनेश्वर कुमारले पाँच विकेट लिए । त्यस्तै अर्शदीप सिँह, रवीचन्द्र आश्विन र दीपक हुड्डाले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले १२२ रनको शतकीय पारी खेले ६१ बल खेलेका उनले १२ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । भारतका लागि रिषव पन्तले २० रन जोडे ।
यता अफगानिस्तानका लागि फ्रेड अहमेदले दुई विकेट लिए । आजको अन्तिम खेलबाट दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । विराटको टी–छ्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक, भारतको जित एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा भारतले आफगानिस्तानमाथि १०१ रनको शानदार जित निकालेको छ ।
बिहीबार राति भएको भारतले विराट कोहलीको शतकमा सहज जित निकाल्न सफल भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो ।
अफगानिस्तानका लागि इब्राहिम जर्दानले ६४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मुजिव रहमानले १८ रन बनाउँदा राशिद खानले १५ रन जोडे । भारतका लागि भुवनेश्वर कुमारले पाँच विकेट लिए । त्यस्तै अर्शदीप सिँह, रवीचन्द्र आश्विन र दीपक हुड्डाले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले १२२ रनको शतकीय पारी खेले ६१ बल खेलेका उनले १२ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । भारतका लागि रिषव पन्तले २० रन जोडे ।
यता अफगानिस्तानका लागि फ्रेड अहमेदले दुई विकेट लिए । आजको अन्तिम खेलबाट दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतिक्रिया