मायादेवी अनलाइन, चन्द्रौटा ।
डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) ले कपिलवस्तमा एउटा मात्र प्रदेशसभामा उम्मेद्वार सिफारिस गरेको छ ।
नेसपाको बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाको प्रतिनिधिसभा-३ को प्रदेशसभा ‘क’ मा मात्र उम्मेद्वार दिने गरी ना सिफारिस गरेको हो ।
यस प्रदेशसभामा पार्टीका लुम्बिनी प्रदेशका उपाध्यक्ष मोहम्मद रहिस शाहको एकल नाम सिफारिस गरिएको उक्त पार्टीले जनाएको छ ।
आसन्न मंसीर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेसपाले जिल्लाबाट ३ जनाको नाम समानुपातिक तर्फ सिफारिस गरेको छ ।
पार्टीले समानुपातिक प्रदेशसभा सदस्यतर्फ बिष्णु प्रसाद आचार्य, राम निवास पुरी र कलामुन निशा धोवीको नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया