१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यी हुन् राप्रपा कपिलवस्तुबाट सिफारिस भएका उम्मेद्‌वार



मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आसन्न मंसीर ४ गते हुने संघ र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेद्‌वार सिफारिस गरेको छ ।

राप्रपा कपिलवस्तुले प्रतिनिधिसभा-१ मा पार्टीका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीसहित डा. माधव पन्थी, जाफर अलि मुलमान र उपेन्द्र यादवको नाम सिफारिस छ ।

यही क्षेत्रको प्रदेशसभा (क) मा ध्रुब रायमाझी, जिल्ला उपाध्यक्ष भोजराज आचार्यको नाम सिफारिस गरेको छ भने प्रदेशसभा (ख) का लागि लुम्बिनी प्रदेश सदस्य देबेन्द्र किरण श्रीवास्तव, विशम्बर चौधरी र दुलराम मतिको नाम केन्द्रमा सिफारिस गरेको राप्रपा कपिलवस्तुले जनाएको छ ।

प्रतिनिधिसभा-२ बाट डिल्लीराज शर्मा (रामु) को नाम सिफारिस भएको छ ।

यही क्षेत्रको प्रदेशसभा ‘क’ मा जितेन्द्र नाथ शुक्लको नाम सिफारिस भएको राप्रपा कपिलवस्तुले जनाएको छ ।
प्रदेशसभा ‘ख’ मा कुन्ज विहारी उपाध्यायको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा-३ मा प्रकाश रजौरियाको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ‘क’ मा कृष्ण प्रसाद पौडेल, चित्र बहादुर केसी, केशरी प्रसाद जयसवाल, डा. अखिलेश पाण्डेयको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ‘ख’ मा प्रताप चौधरी र प्रेम शंकर शुक्लाको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९ बिहिबार ००:००  ८ : ४० बजे