काठमाण्डौ ।
साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलङ्कामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।
कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एकरएक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे ।
खेलको ६८औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो । जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान भारतसँग ३(० गोलले पराजित भएको थियो ।
अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।
प्रतिक्रिया