मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी केन्द्र) ले कपिलवस्तु प्रतिनिधिसभा-१ मा तीन जनाको नाम सिफारिस गरेको छ ।
यही क्षेत्रका प्रतिनिधिसभा सदस्य रहेका चक्रपाणी खनाल ‘बलदेव’ सहित तीन जनाको नाम माओवादीले सिफारिस गरेको हो ।
माओवादीले खनालसहित पार्टीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल चुँदालीको नाम सिफारिस गरेको छ ।
गठबन्धनबाट माओवादीले टिकट पाउने सम्भावना बलियो भएको बेला माओवादीले तीन जनाको नाम सिफारिस गरेको हो ।
यही क्षेत्रको प्रदेशसभो (क) बाट कृष्ण बहादुर कुँवर, विष्णु बेल्वासे र सरोज खनाल सिफारिस भएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकमा जनि शाह, राम प्रसाद गैरे र जित बहादुर चौधरीलाई सिफारिस गरिएको छ ।
प्रदेशसभा समानुपातिकमा सुकई थारु, धनविर बि.क, विमला चौधरीको नाम सिफारिस भएको छ ।
विहीबार जिल्लाका अन्य क्षेत्रका उम्मेद्वारको पनि सिफारिस हुने माओवादीका जिल्ला संयोजक रामचन्द्र शाहले बताए ।
प्रतिक्रिया