१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एकीकृत समाजवादी निकट युवा संघका जिल्ला अध्यक्ष कार्कीले संगठन छाडे



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कृष्ण कार्कीले संगठन परित्याग गरेका छन् ।

झण्डै एक वर्ष पछि कार्कीले संगठन परित्यागको गरेको घोषणा गरेका हुन् । कपिलवस्तुको वाणगंगा २ पिपरा निवासी कार्की नेकपा एमाले पार्टी विभाजन भएपछि एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका थिए ।

गत ०७८ असोज महिनामा कपिलवस्तुमा समाजवादी निकट युवाहरुको भेलाले कार्कीको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो । हाल उनी एकीकृत समाजवादी पार्टी परित्याग गरेपनि तत्काल कुनै पार्टीमा भने आवद्ध नभएको बताएका छन् ।

उनले कम्युनिष्ट आन्दोलन फुटेर नभई एकताबद्ध भएर मात्र राष्ट्रको समृद्धिमा युवाहरुको महत्वपूर्ण योगदान हुने बताएका छन् ।

उनले नेपाली वेरोजगार युवाहरुलाई शिक्षा, रोजगारी र व्यवसायिक बनाउने तर्फ राजनीतिक दलले सही नीति र कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९ बुधबार ००:००  ७ : ४२ बजे