१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जसपा कपिलवस्तुले कहाँ कहाँबाट गर्‍यो उम्मेद्वार सिफारिस ?



मायादेवी अनलाइन, बाणगंगा ।
जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुले आसन्न मंसीर ४ को निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेको छ ।

जिल्लाको दक्षिणी भेगमा मध्यमखालको उपस्थिति रहेको जसपाले केहीँ प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा १ मा जसपाले बजरंगी कुर्मीलाई उम्मेद्वार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिकाको अध्यक्षमा पराजित कुर्मी प्रतिनिधिसभा १ को उम्मेद्वारमा सिफारिस भएका हुन् । यस्तै यहीँ क्षेत्रमा पार्टी जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवको नाम पनि सिफारिस भएको छ । उनी मायादेवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष समेत हुन् ।

यही क्षेत्रको प्रदेशसभा ‘क’ मा भुनेश्वर थारु र चोपलाल राहुल मगरको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा १ को ‘ख’मा सहसराम यादवको नाम सिफारिस भएको छ । यादव अहिले पनि यहीँ क्षेत्रबाट प्रदेश सांसद छन् ।

समानुपातिक तर्फ प्रतिनिधिसभातर्फ निसार अहमद खाँ र प्रदेश सभा तर्फ नारायण यादव, ब्रम्हानन्द तिवारी, पुष्पा पाण्डेय नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा २ मा सन्तोष कुमार पाण्डेको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा २ को ‘ख’ मा जसपाले अब्दुल रसिद खाँलाई उम्मेद्वारको सिफारिस गरेको छ ।

प्रतिनिधिसभा ३ मा अशोक कुमार यादव र रामनेवास यादव सिफारिस भएका छन् ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका यादव प्रतिनिधिसभामा उम्मेद्वार बनेका हुन् ।

प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सतिश चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ ।

प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव, आरती सिंह यादव, अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ ।

सोही क्षेत्रबाट समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव, तजरुम मेहताब खाँ, सन्तराम तेली, रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको जसपा कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९ बुधबार ००:००  ८ : २७ बजे