रुपन्देही ।
लोसपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका राजेन्द्र गुप्ता सो पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जमा मनोनित भएका छन् ।
पार्टीका अध्यक्ष डा. सि.के. राउतले पार्टीको विधान २०७९ को धारा १६ (घ) अनुसार गुप्तालाई केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जमा मनोनित गरेका हुन् ।
गुप्ता लोसपाको केन्द्रीय छाडेर हालै डा. राउतको पार्टीमा प्रवेश गरेका हुन् । रुपन्देहीको भैरहवा निवासी गुप्ता लम्बिनी प्रादेशिक अस्पताल विकास समिति बुटवल र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका पूर्व अध्यक्षसमेत हुन् ।
पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवका अनुसार पार्टीका राष्ट्रिय उपाध्यक्षमा कपिलवस्तुका नरसिंह चौधरी तथा केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघका राष्ट्रिय संयोजकमा रुपन्देहीका कैलाश गुरुङलाई मनोनित गरिएको छ ।
प्रतिक्रिया