१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीबाट कांग्रेस युवा नेता चन्द्र सारु समानुपातिक तर्फ सिफारिस



बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले समानुपातिक तर्फ चन्द्र सारु मगरको नाम सिफारिस गरेको छ ।

आगामी मंसीर ४ गते हुन गइरहेको प्रदेश तथा संघीय निर्वाचनमा सारुको नाम संघीय सांसदको समानुपातिक तर्फ सिफारिसमा परेको हो ।

नेपाली कांग्रेसमा लामो समय देखि सक्रिय सारु केन्द्रिय महाधिवेशन प्रतिनिधि भैसकेका युवा नेता हुन् ।

नेपाली कांग्रेसका भातृ संस्था नेबिसंघ र तरुण दल हुँदै नेपाली जनसम्पर्क समिति युएईमा लामो समय देखि काम गर्दै आएका सारू कांग्रेसको १३ औं र १४ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन् ।

ब्यवस्थापनमा स्नातक तह तथा सिभिल इन्जिनियरसम्मको शिक्षा हासिल गरेका उनले जनताको दुःख सुखमा सधै साथ दिदैं आएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९ मंगलबार ००:००  ७ : ३५ बजे