१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

केन्याले दियो नेपाललाई २ सय ५६ रनको लक्ष्य



काठमाण्डौ ।

तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास क्रिकेटमा केन्याले नेपाललाई दुई सय ५६ रनको लक्ष्य दिएको छ ।

नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुईरदुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एकरएक विकेट लिए ।

यो खेल जितेमा नेपालले एकदिवसीय शृङ्खला क्लिन स्वीप गर्ने छ । तीन खेलको शृङ्खलामा नेपाल दुई–शून्यले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९ सोमबार ००:००  ४ : १५ बजे