कपिलवस्तु ।
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी २, प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) र २ (ख) को संयुक्त बैठकले मंसीर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको संयुक्त बैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता, विदेश विभाग प्रमुख डा. निर्मल विश्वकर्मा, जिल्ला कमिटी सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।
यसै गरी प्रदेश क्षेत्र २ को (क) मा गंगेश तिवारी, दिनेश बन्जाडे, नवराज लामिछाने, माबुद खाँ, माथुराम न्यौपाने, शिव गैरे, दिनेश कुमार चौबे, मिनराज बेल्बासे, रुपेश श्रेष्ठ, टिका उपाध्याय, टेकराज पौडेल, धनकला गैरे भुसालको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
प्रदेश क्षेत्र २ को (ख) का लागि बाबुराम खनाल, धर्मवहादुरलाल श्रीवास्तव र शोभा पोखरेलको नाम सिफारिस भएको जनाएको छ ।
प्रतिक्रिया