कपिलवस्तु ।
कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ ले प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
बैठकले ४ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागि सिफारिस गरेको हो ।
कपिलवस्तुको क्षेत्र नं. १ को (ख) बाट प्रदेश सभामा सिफारिस हुनेमा कांग्रेस युवा नेता चर्तुभुजमणि त्रिपाठी, कपिललवस्तु कांग्रेसका पूर्व सचिव महेन्द्र पाठक, पूर्व कांग्रेस जिल्ला सदस्य एवम् युवा नेता परमेश्वर पाठक सिडियो र कपिलवस्तु कांग्रेसका सह सचिव वजि असरसदलाई सिफारिस गरिएको क्षेत्रिय सचिव विजय खनालले जानकारी दिए ।
यस्तै प्रदेश (ख) को समानुपातिक तर्फ मुस्लिमबाट कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रिय सभापति अब्दुल मन्नान खाँ, खस आर्यबाट कमला शर्मा, सुमित्रा शर्मा सिफारिस भएको क्षेत्रिय सचिव कृष्ण चौधरीले जानकारी दिए ।
प्रतिक्रिया