कपिलवस्तु ।
निर्मांण ब्यवसायी संघ कपिलवस्तुको भदौ २० गते हुने निर्वाचनमा अध्यक्ष पदमा चन्द्रशेखर श्रेष्ठले (शेखर श्रेष्ठ ) आफु सहीत १० जनाको प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन ।
श्रेष्ठको प्यानलमा प्रथम उपाध्यक्षमा बलराम प्रसाद तिवारी द्धितीय उपध्यक्षमा सुनिल कुमार शुक्ला महसचिवमा मोहम्मद युनुस फकीर सचिवमा नगेन्द्र सिङ (नगिना ) र कोषाध्यक्षमा गम्मा रैदास र सहसचिवमा कुदुस गद्धीले उम्मेदवारी दिएका छन ।
सदस्यहरुमा दिपेन्द्रनाथ शुक्ला, रमेश यादव र राधेश्याम कोरीले उम्मेदवारी दर्ता गराएका छन । पुर्व अध्यक्ष समेत रहेको श्रेष्ठले संघलाई बलिया बनाउन र निर्माण ब्यवसायीको हक, अधिकार स्थापित गराउन आफु सधै लाग्नुपर्ने बताएका छन ।
यसअघि नै महासचिवका रुपमा कार्य गरी सकेको सरोज अर्यालले आफनो पुरै प्यानल बनाएर उम्मेवारी दर्ता गराई सकेका छन । भदौ २० गते हुने निर्वाचनमा १ सय ५२ जना मतदाता रहेका छन ।
प्रतिक्रिया