कपिलवस्तु ।
नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी १, प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) को संयुक्त बैठकले मंसीर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
शनिबार वाणगंगामा बसेको संयुक्त बैठकले प्रतिनिधि सभा १ का लागि केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, जिल्ला उपाध्यक्ष विश्राम थारु, पूर्व मन्त्री दान वहादुर चौधरी र स्रर्य कुमारी शाहीको नाम सिफारिस गरेको छ ।
यसै गरी प्रदेश क्षेत्र १ को ‘क’ मा केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, लेखा आयोग उपाध्यक्ष विष्णु पन्थी, पार्टी जिल्ला अध्यक्ष डम्मर शर्मा, प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
प्रदेश क्षेत्र १ को ‘ख’ का लागि भने गृहकार्य नपुगेको भन्दै आगामी २० गते वैठक बसी सिफारिस गर्ने निर्णय गरेको छ ।
उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यापानेले मंसीर ४ गते एकै पटक हुने प्रदेश र संघीय निर्वाचनमा लाग्न पार्टी योजनावद्ध तवरले अगाडि बढेको बताउनु भयो ।
उम्मेदवार छनौटमा कुनै प्रकारको विवाद नआउने गरी लोकप्रिय नेतालाई उम्मेदवारका रुपमा अगाडि बढाउने पार्टीको निति रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज वृजेश कुमार गुप्ताले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भयो ।
बिवादरहित उम्मेदवार छनौट गरी निर्वाचनमा जित सुनिश्चित हुने गरि सबै कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उहाँले धारणा राख्नु भयो ।
बैठकमा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दै जिल्लाबाट केन्द्रमा पठाउने बेला सम्म एक/एक जनाको नाम सर्वसम्मत रुपमा पठाउन कोशिस गर्न आग्रह गर्दै विश्राम चौधरी, विश्व कार्की, विनोद चौधरी, शान्ता पाण्डे, सर्वेन्द्रदेव खनाल लगायत ९ जनाको कार्यदल घोषणा गर्नु भएको छ ।
प्रतिक्रिया