१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगामा तनाव व्यवस्थापनका लागि जिवन पथ



कपिलवस्तु ।

तनाव व्यवस्थापनका लागि श्रद्धा साधना केन्द्र बाणगंगा नगरपालिका ४ मा आनन्दित जीवनकालागि दुई दिने जीवन पथ कार्यक्रम सम्पन्न गरिएको छ । पथिक फाउण्डेसन रुपन्देही शाखाको आयोजनामा तथा योगेन्द्र मल्लको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा शुखमय जिवनको कला , तनाव तथा व्यक्तीत्व व्यवथापन , कर्मको कुशलता तथा सम्बन्धको कला , सफलताको कला र सन्तुलित र सकारात्मक जिवन शैलीहरु सिकाईएको थियो ।

मानव जिवनलाई कसरी सुखी , शान्त , प्रशन्न र आनन्दीत जिवन बिताउन सकिन्छ भनेर सोको बाटो पत्ता लगाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । मानव जिवनमा ईहलौकिक र पारलौकिक सुख चाहने भएको कुराहरु हजारौ बर्ष अगाडी देखि मानवहरुले खोजि गर्दै आएका छन । सोही बिषयलाई पारदर्शि र सहज बनाउनका लागि पथिक फाउण्डेशनले यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको पथिक फाउण्डेसनका आचार्य सतनाम (ई.टोपेन्द्र खनाल) ले बताउनु भयो ।

०६२ साल देखि कार्यक्रम जिवन पथ निरन्तर रुपमा काठमाडौंमा ध्यान केन्द्र मार्फत संचालन गरी देशको बिभिन्न जिल्लाहरुमा कार्यक्रम संचालन गर्ने क्रममा कपिलवस्तुमा दुई दिने कार्यक्रमको संचालन गरी जिल्लाका २५ जना नागरिकहरुले लाभ लिएको कार्यक्रका संयोजक योगेन्द्र मल्लले जानकारी दिनु भयो ।

सहभागि गोमा उपाध्यायले कार्यक्रमले जीवनलाइृ कसरी चलाउन सकिन्छ भन्ने कुरा सिक्न र बुझ्न पाउँपा खुशी ब्यक्त गर्दै सान्दर्भिक , ज्ञान वद्र्धक र आत्मै देखि प्रफुल्ल भएको आफूलाई अनुभूति भएको बताउनु भयो । सिता क्षेत्रीले पथिकले आयोजना गरेको कार्यक्रमबाट धेरै कुराहरु सिक्न पाउँदा खुशी व्यक्त गर्नुभयो । दिपेन्द्र भट्टराईले यस कार्यक्रमबाट जीवनमा आईपर्ने अनेकौ संघर्षलाई ध्यान र शान्तिबाट सुख प्राप्ति हुने रहेछ भन्ने सिकाई सिक्न पाएको बताउनु भयो ।

जीवनको लक्ष भनेको समुन्द्र रहेछ भन्ने बिषयमा जानकारी लिन पाउँदा आयोजकलाई धन्यवाद दिनु भयो । डाँसीराम पौडेलले जीवनमा शरिरलाई फुर्तिलो बनाउन ध्यानयोग र भगवान प्रति आस्था राख्नु आवश्यकता रहेछ भन्ने कुरा बुझिएको बताउनु भयो ।

दुई दिने कार्यक्रममा पहिलो दिन सहभागिहरुको परिचय , ध्यान उत्सव कार्यक्रम भएको थियो भने दोश्रो दिन बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म योगासन , प्राणायाम, ध्यान , जिवनको खोज , तनाव व्यवस्थापन , उमंग ध्यान , योग निन्द्रा , क्रोध व्यवस्थापन , र कर्मको कुशलता लगाएतका बिषयमा सहभागिहरुबिच अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रमको पथिक फाउण्डेसनका आचार्य द्वय ईन्जिनियर टोपेन्द्र खनाल र बिजया गौतमले सहजीकरण गर्नु भएको कुरा फाउण्डेसनका रुपन्देही शाखा संयोजक माधन पौडेलले जानकारी दिनु भयो ।

फाउण्डेसनले आर्थिक तथा नैतिक जिवनशैलीको अभ्यास गर्दै मानव र मानवीय समाजको गुणात्मक बिकासका लागि पथिक फाउण्डेसनले मूलभूत रुपले शिक्षा , स्वास्थ्य , कृषि तथा अध्यात्मको क्षेत्रमा काम गर्दै आईरहेको आयोजकले जनाएको छ ।

यसले प्रचलित शिक्षालाई व्यहारिक र दक्षता मूलक बनाउन यसको विकल्प त्रिभुुजिय शिक्षा, समग्र स्वास्थ्य शारिरीक मानसिक, भावनात्मक र आत्मिक स्वस्थ्य, अध्यात्ममा जीवनमा हुर्कने कला, बाँच्ने कला र मर्नेकला साथै यसै जीवनमा आफुले चाहेको उत्कर्ष छुन सक्ने कलाको अभ्यास, मानवीय चेतना बिकासका लागि उत्पादनमुखि समुदायीक जीवनशैलीे जस्ता वहुआयामिक क्षेत्रमा कार्यहरु गर्दे आईरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९ शनिबार ००:००  ५ : ३६ बजे