१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो



पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो । सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ । हिलो तीन वटा मेसिनले पन्छाउने काम भैरहेको छ ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । अस्ति दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाइएको थियो । तर हिजो बिहान फेरि दुई ठाउँमा पहिरो खसेपछि दिनभर नै पूर्णरुपमा ठप्प भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९ शनिबार ००:००  ८ : ४० बजे