मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तु-३ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।
आसन्न मंसीर ४ को निर्वाचनका लागि नेकपा एसले उम्मेद्वार सिफारिस गरेको हो ।
एसले प्रतिनिधिसभा-३ मा डा मन्जुर खाँलाई उम्मेद्वार बनाउने गरी सिफारिस गरेको छ ।
खाँ चन्द्रौटा क्षेत्रका प्रभावशाली नेता हुन् ।
गत चैत्र महिनामा नेकपा एस प्रवेश गरेका खाँ २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।
यस क्षेत्रको प्रदेशसभा ‘क’ मा भने दुई जनाको नाम सिफारिस गएको छ । पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य जिवलाल पौडेल र पार्टीका जिल्ला सचिव ओमप्रकाश कुर्मीको नाम प्रदेशसभा ‘क’ बाट सिफारिस गएको हो ।
दुवै नेताहरुले यो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने चाहना राखेका छन् ।
यस्तै प्रदेशसभा ‘ख’ मा रामराज चौधरीको एकल नाम सिफारिस भएको छ । कृष्णनगर क्षेत्रमा राम्रै जनमत भएका चौधरी हालै मात्र एसमा प्रवेश गरेका थिए ।
केन्द्रमा रहेको ५ दलिय गठबन्धनले सिट टुङ्ग्याएको खण्डमा गठबन्धन हुने नत्र यी उम्मेद्वार नै आगामी निर्वाचनमा चुनाव लड्ने नेकपा एस कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया