मायादेवी अनलाइन,बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबारदेखि अस्पतालबाट पाइने सेवा सुविधाबारे अल्ट्रा एलइडी डिस्प्लेको शुभारम्भ भएको छ ।
उक्त सेवाको शुभारम्भ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले गर्नुभएको हो । अस्पतालको मुल गेटको प्रवेश संगै रहेको सूचनामुलक एलइडी डिस्प्लेबाट सेवाग्राहीलाई सहजता हुनेछ । अस्पतालबाट उपलब्ध हुने सेवा सुविधाबारे सूचना प्रवाह गर्ने उद्देश्यले डिस्प्लेबाट सांकेतिक भाषामा नियमित जानकारी गराइनेछ । अस्पतालका मेसु डा.ढकालले अस्पतालको हाता भित्र अस्पतालको सेवा सुविधाबारे जानकारीमुलक डिस्प्लेबाट सवै वर्गका व्यक्तिले लाभ लिने बताउनुभयो ।
अस्पतालमा ४ लाख बराबरको लागतमा सिद्धार्थ सामाजिक विकास केन्द्र र युएनएफपिएको आर्थिक प्राविधिक सहयोगमा अल्ट्रा एलइडी डिस्प्लेको शुरुवात गरिएको हो । उक्त डिस्प्लेबाट सांकेतिक भाषाबाट समेत सेवाग्राहीलाई अस्पतालका सेवासुविधाबारे जानकारी दिइएको छ । कार्यक्रममा युएनएफपिएका क्षेत्रीय प्रवन्धक राम थापाले लुम्बिनी प्रादेशिक अस्पतालको गुणस्तरीय सेवामा टेवा पुग्दै सवैको पहुँच पु¥याउन संस्थाले विभिन्न सहयोग गरिरहेको बताउनुभयो । सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरे, नीति सल्लाहकार पोमनारायण पौडेल, सहसचिव दुर्गा अर्याल, कार्यक्रम संयोजक रामनारायण शाह लगाएतको सहभागीता रहेको थियो ।
संस्थाले अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवा प्रभावकारी बनाउन विभिन्न सहयोग गर्दै आएको छ । ओसिएमसीको व्यवस्थापनका लागि सामान, उपकरण, परामर्शकर्ता संगै सेवा लिन आएका पीडित महिला बालबालिका लगाएतलाई दोभासेको व्यवस्था गरी जनशक्ति सहयोग पु¥याएकोमा अस्पतालका मेसु डा.ढकालले संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया