कपिलवस्तु ।
कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मंगलबार झुन्डिएको अवस्थामा तीनै जनाको शव भेटिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
जिल्लाको यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका गरि दुई महिला र एक पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन् ।
यशोधरा–२ सोनबर्सीका ४० वर्षीय राममहेश पासी आँपको रुखमा साडीको पासो लगाई झुन्डिएको भेटिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
यस्तै, वाणगंगा–६, अमौलीका २८ वर्षीय सिमबहादुर थारु घरमा टिनको छानामुनि रहेको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।
त्यस्तै शिवराज–१, वनकट्टाकी ३८ वर्षीया मनकला थापा क्षेत्री थारु आफ्नै घरको कोठामा फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
तीनवटै घटनामा झुन्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
प्रतिक्रिया