१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुको संयोजकमा रायमाझी



कपिलवस्तु ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल –एनसिई नेपालको जिल्ला संयोजकमा बाबुराम रायमाझी चयन हुनुभएको छ । बाणगंगा नगरपालिकाको ४ न। स्थित सिद्धार्थ सामाजिक बिकास केन्द्रको सभा हलमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले रायमाझीलाई संयोजकमा चयन गरेको हो ।

यस्तै सहसंयोजकमा दलित सामाजिक विकास केन्द्रका राम शरन रैदास, सचिवमा घरघरमा शिक्षा तथा आत्मनिर्भर बिकास संस्थाका दुर्गा अर्याल, कोषाध्यक्षमा सहज नेपालका गीता पौडेल रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ ।

साथै एनसिइ नेपालको यहि भाद्र २३ र २४ गते काठमाण्डौमा सम्पन्न हुने १३ औ वार्षिक साधारण सभा तथा ७ औ अधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट २ जना प्रतिनिधी पठाउने निर्णय गरेको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सार्वजनिक शिक्षा सुदृढिकरण, गुणस्तरीय शिक्षाको वकालत, बाल अधिकारको संरक्षण लगायतको क्षेत्रमा सचेतना तथा पैरवी गर्ने गर्दछ ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्लाका संयोजक हरि अधिकारीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९ आइतबार ००:००  ८ : १२ बजे