१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

कपिलवस्तु-३ मा कांग्रेसभन्दा एमालेको मत बढी, गठबन्धन भए मात्र कांग्रेस सुरक्षित !



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको प्रतिनिभिसभा ३ मा नेपाली कांग्रेस कमजोर देखिएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम हेर्दा यहाँ कांग्रेस कमजोर देखिएको हो ।

वडाअध्यक्षले पाएको मतका हिसाबले यस निर्वाचन क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल देखिन्छ ।

यहाँ एमालेले १८ हजार ७४७ मत पाएको छ भने नेपाली कांग्रेसले १५ हजार ७७० मत ल्याएको छ ।

कांग्रेस भन्दा एमालेको मत यहाँ २ हजार ९७७ मत बढी छ ।

यहाँ नेकपा (माओवादी केन्द्र)को मत ६ हजार ८४४ छ भने जनता समाजवादी पार्टी (जसपा)को मत ९ हजार ९७४ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ७४ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ हजार ६७५ मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले यहाँ १ हजार ९८६ मत ल्याएको छ ।

आसन्न मंसीर ४ गते हुन गइरहेको संघ र प्रदेशसभाको निर्वाचनमा दलहरु कसरी अगाडी बढ्छन यसै भन्न सकिने स्थिति छैन् । यद्यपि केन्द्रमा बनेको ५ दलिय गठबन्धन अनुसार चुनावी तालमेल भएको खण्डमा यहाँ नेपाली कांग्रेसले पाउने पक्का छ ।

गत ०७४ को चुनावमा यो क्षेत्रमा कांग्रेसले जितेको थियो ।

एक्लै प्रतिस्पर्धामा एमाले बलियो जस्तो देखिए पनि यहाँ गठबन्धन दलहरुको मत एमालेको भन्दा १५ हजार ८ सय २७ मतले बढी छ ।

यो क्षेत्रमा एमालेमा मधेसका प्रभावशाली नेता प्रवेश गरेका छन् । मंगल प्रसाद गुप्ता र कुणालप्रताप शाहको एमाले आगमनले यहाँ एमालेको जनमत बढेको विश्लेषण गर्न सकिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९ शनिबार ००:००  ६ : ०७ बजे