कपिलवस्तु ।
कपिलवस्तुमा डेंगुको संक्रमण बढेको छ । साउनमा ४८ जना र भदौ पहिलो साता ६ जनामा डेंगुको संक्रमण देखिएको हो । साउनयता ५४ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सचेतना नअपनाउँदा र नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमित बढेका हुन् ।
वाणगंगा नगरपालिकामा ४८ र कपिलवस्तु नगरपालिकामा ६ जना डेंगुका संक्रमित फेला परेका छन् । जिल्लामा डेंगु फैलिंदै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।
जिल्लाको पिपरा अस्पताल र सदरमुकाममा रहेको कपिलवस्तु अस्पतालमा डेंगुको परीक्षण हुँदा संक्रमित भेटिंदै गएको उनले बताए । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा। गणेश क्षत्रीले जनाए । उनका अनुसार प्लेटलेट कम भएका र मुखले खान नसक्नेलाई मात्र अस्तालमा भर्ना गरेर उपचार गरिएको छ । डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने पाण्डेयले बताए ।
प्रतिक्रिया