१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

यशोधराका हबिवुल्लाह एकीकृत समाजवादीमा प्रवेश



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु यशोधराका हबिवुल्लाह भाट नेकपा (एकीकृत समाजवादी) मा औपचारिक रुपमा प्रवेश गरेका छन् ।

त्यस क्षेत्रका लोकप्रिय नेता भाट बुधबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भाटलाई पार्टीमा प्रवेश गराए ।

उनी गत स्थानीय तहको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । उनी २ हजार १ सय ९५ मत प्राप्त गरी चौथो स्थानमा आएका थिए ।

लामो समयदेखि एमालेमा सक्रिय उनी पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै सो पार्टी परित्याग गरी लोसपाबाट चुनाव लडेका थिए ।

०७४ सालमा उनी एमालेबाट यशोधरा गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका थिए ।

हबिवुल्लाहको एकीकृत समाजवादी यात्रा पश्चात मधेसमा पार्टी थप मजबुत हुने एकीकृत समाजवादीकी केन्द्रीय परिषद् सदस्य गीता अन्जानले विश्वास व्यक्त गरिन् ।

मधेसमा पार्टी प्रति नेता र कार्यकर्ताको विश्वास बढीरहेको भन्दै अबको केही बर्षमा जिल्लामा पार्टीको स्थिति थप मजबुत बन्दै जाने उनको दाबी छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९ बुधबार ००:००  ८ : ०६ बजे