मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा आसन्न निर्वाचनका लागि ३ लाख ८२ हजार ३६ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार आसन्न मंसीर ४ मा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा उक्त संख्याका मतदाता रहेका हुन् ।
३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न चुनावका लागि २ सय ३५ मतदान स्थल तोकिएका छन् ।
यस्तै ४ सय ६८ मतदान केन्द्र जिल्लामा हुने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
कुल मतदातामा २ लाख ४ हजार ८४ जना पुरुष मतदाता रहेका छन् भने १ लाख ७७ हजार ९ सय २१ जना महिला मतदाता रहेका छन् ।
जिल्लामा गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा झण्डै ७५ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया