मायादेवी अनलाइन, तौलिहवा ।
आसन्न चुनाव नजिकिदै जादा कपिलवस्तु निर्माण व्यवसायी संघको उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।
सोही अनुसार अध्यक्षमा सरोज अर्यालले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कपिलवस्तु निर्माण व्यवसायी संघको भदौ १७ गते ७ औँ अधिवेशन हुँदै छ ।
संघका महासचिव समेत रहेका अर्याल अब्बल निर्माण व्यवसायिको परिचय बनाएका व्यवसायी हुन् ।
उनले विगत १२ वर्ष देखि संघको सदस्य हुँदै महासचिवको जिम्मेदारी सम्हाल्दै आएका छन् । उनी संघमा निर्वाचित भएमा निर्माण कम्पनी र संघको बृहत्तर हित हुने निर्माण व्यवसायीहरुले आँकलन छ ।
अर्यालले अध्यक्षमा निर्वाचित भएमा निर्माण व्यवसायिका हितमा कार्य गर्ने र कुनै पनि निर्माण व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउने बताए । उनले भने, ‘विगतमा पनि मैले काम गरेको अनुभव छ, निर्माण व्यवसायीको बृहत्तर हितमा काम गर्नेछु ।’
सहयोगी भावना भएका अर्याल अप्ठेरोमा परेका व्यक्ति तथा संस्थालाई आर्थिक तथा नैतिक जस्तोसुकै सहयोग गर्न पछि नहट्ने व्यक्तित्व हुन् । कोरोनाको समयमा निर्माण व्यवसायीलाई कुनै किसिमका दुःख नहोस् भनेर सहयोग पनि गरेको बताए ।
अर्याललाई लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका पूर्व महासचिव तथा पूर्व अध्यक्ष दिनेश हमाल, पूर्व अध्यक्ष रविन्द्रनाथ ठाकुर, बर्तमान अध्यक्ष गुन्जन कुमार गुप्ता र पूर्व महासचिव कृष्ण सापकोटा लगायत ठूला तथा साना निर्माण व्यवसायीको साथ रहेको छ ।
अर्यालसंगै पूर्व अध्यक्ष चन्द्र शेखर श्रेष्ठ र निर्माण व्यवसायी बलराम तिवारीको पनि उम्मेदवारी रहने जनाइएको छ ।
प्रतिक्रिया