१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

चन्द्रौटा उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा पाण्डे



मायादेवी अनलाइन, चन्द्रौटा ।
चन्द्रौटा उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको संघको नेतृत्व लामो कसरत पश्चात सर्वसम्मत चयन भएको हो ।

संघको चौथो अधिवेशनबाट इश्वरी प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

पाण्डेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध चयन गरिएको संघका निवर्तमान अध्यक्ष तथा निर्वाचन मण्डलका संयोजक जमशेर अली मियाँले बताए । समितिको वरिष्ठ उपाध्यक्षमा पारसमणी पाण्डे निर्वाचित भएका छन् । पाण्डे अध्यक्षका प्रवल दावेदार थिए ।

यस्तै वाणिज्य उपाध्यक्षहरुमा दमन भाट र मकबुल खान, महासचिवमा राजकुमार यदा क्षेत्री, सचिवमा कपिलदेव खनाल, कोषाध्यक्षमा यज्ञ प्रसाद पाण्डे र सहकोषाध्यक्षमा दलर्जन केसी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक मियाँले बताए ।

सदस्यहरुमा आश्मा अहमद यमुना शर्मा, रविसेन ओली, माधव घिमिरे, अब्दुल रहमान, रामचन्द्र के।सी, मधु सिग्देल श्यामलाल बन्जाडे र लाल मोहम्मद पठान रहेका छन् । नव निर्वाचित अध्यक्ष पाण्डेले आफूले व्यापारीहरुको हक अधिकार तथा संघलाई मजबुत बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०७९ सोमबार ००:००  ९ : ०२ बजे