मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत बिश्वासीले एमाले दक्षिणपन्थी, अवसरवादी, प्रतिगामी शक्ति बनेको आरोप लगाउनुभएको छ ।
एमाले नेतृत्व प्रतिक्रियावादीको इसारामा चलेको भन्दै यो शक्तिबाट राष्ट्रियताको पनि रक्षा हुन नसक्ने उहाँले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सचिवालय बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले बैज्ञानिक समाजवादको लागि एकीकृत समाजवादीले लिएका नितिबाट मात्र सम्भव रहेको जिकिर गर्नुभयो । एमाले नेतृत्वसङ्ग कुनै कम्युनिस्ट आचरण नभएको भन्दै उहाँले यसबाट कुनै पनि बर्गीय मुक्ति सम्भव नभएको तर्क राख्नु भयो ।
एकीकृत समाजवादी बैज्ञानिक समाजवादको दिशामा प्रष्ट बिचारसहित लागेको भन्दै नेता बिश्वासीले एमालेको पराजय यात्रा आसन्न मंसिर ४ को चुनावसम्म थामिन नसक्ने ठोकुवा गर्नुभयो ।
एमाले नेतृत्वबाट देशलाई अझै खतरा रहेको भन्दै देशको राष्ट्रियता र स्वाधीनताको रक्षा अहिलेको अनिवार्य शर्त रहेको बताउनुभयो । मध्यरातमा भारतीय रअका प्रमुख सामन्त गोयललाई बालुवाटार छिराउने काम केपी ओलीबाटै भएको प्रसङ्ग निकाल्दै अहिले पनि देशीविदेशी शक्तिले एमाले नेतृत्वलाई प्रयोग गरिरहेको बताउनुभयो ।
देशको स्थिरता र संबिधानको रक्षाका लागि पनि अहिले गठबन्धन आवश्यक रहेकोमा नेता बिश्वासीले जोड दिनुभयो ।
आसन्न चुनावमा कतिपय ठाउँ एमालेले जिते पनि अब सत्ताको नेतृत्वमा आउन नसक्ने गरि पछारिने उहाँको ठोकुवा छ ।
प्रतिक्रिया