१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नारायण खनाल लेख्छन्ः नयाँ शक्ति बनाउने नाममा ८ बर्ष समय, स्रोत र उर्जा सक्यौं



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य परित्याग गरेका नेता नारायण खनालले मर्मस्पर्शी फेसबुक स्टाटस लेखेका छन् ।

लामो समय देखिको डा.बाबुराम भट्टराईसंगको सम्बन्ध विच्छेदको घोषणा गरेका खनालले आफ्नो फेसबुक स्टाटसमा ८ बर्षसम्म नयाँ बैकल्पिक शक्ति बनाउने नाममा समय, स्रोत र उर्जा मात्र सकिएको लेखेका छन् । साथै उनले घरमा रहेको दुुहुनो भैंसी बेचेर नयाँ शक्ति पार्टी बनाउन लागिएको भन्दै दिग्दारी मसशुस पनि गरेका छन् ।

‘कम्युनिष्ट नमासेसम्म नयाँ बैकल्पिक राजनैतिक शक्ति बन्नै सक्दैन् भनेर प्रशिक्षण दिने साथीहरु नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसंग पाँचौ पटक वार्ता बसेछन्,’ उनले लेखेका छन् ।

शुक्रबार लगातार दुई स्टाटस लेखेका खनालले चेतावनी दिदैं लेख्छन्, ‘म कही जान्न, कसैको पिछलग्नु बन्दैन्, मेरो निजि जीवनमा कसैको दखल अन्दाजी म राम्रो मान्दैन् ।’ उनले अगडी थप लेख्छन्, ‘डा. बाबुराम भट्टराईका पिछलग्नुहरुले संप्रक नगरेकै धेरै राम्रो ।’

प्रकाशित मिति : ३ भाद्र २०७९ शुक्रबार ००:००  ७ : ०१ बजे