मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अबैध सालको गोलिया र चिरान काठ प्रहरीले बरामद गरेको छ ।
बाणगंगा- ७ को मोतीपुर डाडाँका सन्जु कुँवर क्षेत्रीको घरबाट शुक्रबार बिहान करिब ९ बजेको समयमा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पिपरा र ईलाका बन कार्यालय मोतिपुरको सहयोगमा लुकाएर राखिएको ६० क्यु फिटको अबैध गोलिया र काठ बरामद गरिएको हो ।
बरामद गरिएको गोलीया र काठ करिब १ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको अबैध काठ र गोलिया जिल्ला बन कार्यालय तौलिहवा पठाईएको छ ।
प्रतिक्रिया