१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र



मायादेवी अनलाइन, तौलिहवा ।

नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा बुधबार भएको एक दबाबमूलक र्‍यालि पश्चात नेताहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गत फागुन २१ गते भएको नेपाल सरकार र नेकपा बीचको ३ बुँदे सहमतिको कार्यन्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

सो समयमा जेल परेका नेता तथा कार्यकर्ता रिहाई, झुठा मुद्धा फिर्ता लिने विषयमा सरकारसंग वार्ता भए पनि कार्यन्वयन नगरेकाले तत्काल कार्यन्वय गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी कमल केसीको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको जिल्लाका सदस्य गणेश चौधरीले जानकारी दिए । साथै सहमति कार्यन्वयन नगरे चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने जिल्ला सेक्रेटरी केसीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७९ बुधबार ००:००  ८ : ४३ बजे