मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका प्रभावशाली नेता दान बहादुर चौधरी नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।
पूर्व मन्त्री समेत रहेका चौधरी डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् ।
पछिल्लो समय उनी जसपामा थिए । जसपा परित्याग गरी डा. भट्टराईको नेतृत्वमा हालै नेपाल समाजवादी पार्टी गठन भएको छ ।
०६२/०६३ सालको मधेस आन्दोलनमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध चौधरी ०६४ सालको पहिलो संविधानसभामा सोही पार्टीबाट क्षेत्र नं. २ को सभासद बनेका थिए ।
०७० सम्म आईपुग्दा चौधरी तमलोपा परित्याग गरी तत्कालिन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा क्रियाशिल बने ।
उक्त पार्टी परित्याग गरी संविधान जारी भए पश्चात डा. भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा चौधरी सामेल भए ।
पछिल्लो समय भट्टराईको साथ नछाडेका चौधरी नेपाल समाजवादी पार्टीमा क्रियाशिल भएका हुन् ।
चौधरीले ०५६ सालको आम चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. १ बाट चुनाव जितेका थिए ।
दुई पटक चुनाव जितेका चौधरी ०७० र ०७४ मा भने पराजित भएका हुन् ।
तत्कालिन डा. भट्टराई प्रधानमन्त्री भएको बेला त्यहीँ सरकारमा उनी मन्त्री थिए ।
प्रतिक्रिया