मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुले ५ सय अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम राखेको छ ।
जिल्लाको बाणगंगामा आइतबार (साउन २९ गते) राखिएको प्रशिक्षण कार्यक्रमलाई सहजिकरण गर्नका लागि एमाले उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा आउने एमाले कपिलवस्तुले जनाएको छ ।
समसमायिक राजनीति विषयवस्तु र आसन्न चुनाव केन्द्रीत राखिएको प्रशिक्षकका लागि जिल्लाका जिल्ला कमिटीका सदस्य, स्थानीय पालिकाका निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष, पार्टीका जिल्ला सल्लाहकार सदस्य, जिल्लास्तरीय विभागका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहने पार्टीका जिल्ला सचिव सिबी गहतराजले जानकारी दिए ।
आगामी संघ र प्रदेश सभाको चुनावमा पार्टी पंक्ति परिचालन कसरी गर्ने, एमालेको पक्षमा नतिजा कसरी पार्ने लगायतको विषयमा नेताहरुले प्रशिक्षण दिने जनाइएको छ ।
विगतमा भएको स्थानीय तहको निर्वाचनको समिक्षा र भावी कार्ययोजनाका लागि एमालेले मुलुकभरका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया