मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको चन्द्रौटामा १२ दिने तीज महोत्सवको आयोजना गरिएको छ ।
छमछमि इन्टरटेमेन्ट प्रालिको आयोजनामा राखिएको तीज महोत्सव भाद्र २ गते देखि १४ गतेसम्म सञ्चालन हुने छ ।
लामो समयसम्म कोरोना महामारीले गर्दा मनोरजनात्मक कार्यक्रमहरु ठप्प रहेको बेला चन्द्रौटामा तीज महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा डान्स आइडल, खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको सांस्कृतिक संयोजक सुमन पौडेलले बताए ।
साथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै महोत्सवले स्थानीयहरु प्रतिभाहरुलाई पनि उजागर गर्ने पौडलको भनाई छ ।
जिल्ला मै पहिलो पटक तीज महोत्सव आयोजना गर्न थालिएको हो । हिन्दु नारीहरुको महत्वपूर्ण चाडमा तीज पर्ने गर्छ ।
कला, संस्कृति, परम्परा भेषभुषा, संस्कारको पहिचान, युवा जगतको अभियान भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले मौलिक संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम संयोजक चिन्ता परियारले बताए । शनिवार उक्त महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सवलाई भव्य रुपमा सफल गराउन विभिन्न समितिहरुले काम गरिरहको उनले बताए ।
मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै लामो समय देखि मनोरजनात्मक गतिविधिबाट टाढा रहेका दर्शकलाई कलाकारहरुले रमाइलो गराउने आफूहरुको प्रयास रहेको उनले जनाए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारको नेतृत्वमा हुन लागेको महोत्सव सफल हुने दाबी गरे ।
प्रतिक्रिया