मायादेवी अनलाइन, तौलिहवा ।
असमान तलब वृद्धिको बिरोध गर्दै कपिलवस्तुका राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।
सरकारले सबै कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गरे पनि चोर बाटो हुँदै राजपत्राङ्कित कर्मचारीले १८ देखि २४ प्रतिशत तलब वृद्धि गरी आफूहरुलाई बिभेद गरेको भन्दै केन्द्रीय कार्यक्रम अनुसार उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
जिल्लाभरका राजपत्र अनंकित कर्मचारीहरु आफू कार्यरत कार्यालयमा बिदा लिएर सदरमुकाम तौलिहवामा भेला भएका थिए ।
भेलामा कर्मचारी युनियन र संगठन लगायतका सबै कर्मचारीहरु सहभागी भई उनीहरुले असमान तलब वृद्धिको बिरोध गदै समान तलब वृद्धि नभएसम्म आन्दोलनमा उत्रने बताएका छन् ।
नेपाल निजमती कर्मचारी संगठनका अध्यक्ष प्रकाश गौतमले राजपत्र अनंकित कर्मचारीहरुको माग प्रति ऐक्यबद्धता जनाउँदै तलब वृद्धि समान हुुनुपर्ने बताए ।
सरकारले हाल राजपत्राङ्कित कर्मचारीको वृद्धि गरेको तलब रोक्का गरेको कुरा सुने पनि लिखितमा सो कुरा आउनु पर्ने माग गरे ।
नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेले संघीय सरकारले ल्याउन लागेको निजामती सेवा ऐन सबै कर्मचारीहरुको सम्मान हुने किसिमको ल्याउनु पर्ने माग समेत गरे ।
आत्मसम्मानमा ठेस पुग्ने गरी ऐन ल्याउन नहुने उनले बताए । यस्तै राजपत्र अनंकित कर्मचारीको वृत्ति बिकास र बढुवा समेत कार्य सम्पादनका आधारमा हुनुपर्ने बताए । कर्मचारीहरुको आन्दोनलले सरकारी कार्यालयको सेवा प्रभावित भएको थियो ।
प्रतिक्रिया