१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सुस्ताका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन



काठमाडौँ ।
नवलपरासी सुस्ताका मिटर ब्याज पीडितहरूले पुनः माइतीघरमा धर्ना दिएका छन् ।

यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले पुनः काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् ।

सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूले जनाएका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा भएका धर्नामा सहभागीहरूले भूमिहीन बनाइएका किसान–मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफूहरूको समस्या समाधान हुन नसकेको बताए । जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोस्रो पटक धर्ना बस्नुपरेको उनको भनाइ छ ।

पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९ बिहिबार ००:००  ५ : ३७ बजे