तिलोत्तमा ।
जनप्रतिनिधिहरुबीचको विवादका कारण रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई हप्तादेखि तालाबन्दी गरिएको छ ।
गत साउन २ गतेदेखिको तालाबन्दी अहिलेसम्म खुलेको छैन । जसका कारण पालिकामा आउने सेवाग्राही मर्कामा परेका छन् भने कर्मचारीसमेत हाजिर हुन पाएका छैनन् ।
पालिकाको प्रशासन शाखा, लेखा शाखा, प्रशासकीय अधिकृतको शाखा, अध्यक्ष र उपाध्यक्षको कोठामा ताला लागेको प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताए । जनप्रतिनिधिबीचको विवादले आफूहरुले काम गर्न नपाएको उनले बताए ।
पालिका अध्यक्ष सुरेन्द्र पौड्यालले ध्यानाकर्षणपत्र बिनै पालिकामा एक्कासि अन्य दलका जनप्रतिनिधिले ताला लगाएको बताए । उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
पालिकामा नेपाली कांग्रेसका जनप्रतिनिधिको अगुवाइमा बिनाकारण ताला लगाइएको उनले बताए ।
प्रतिक्रिया