दाङ ।
दाङको देउखुरीमा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ ।
सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।
त्यसपछि करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया