काठमाडौं ।
नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी । यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन ।
यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ । आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो ।
साधारणतयाः खुर्सानी पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ ।
स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ । वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरुले अकबरे मगाएका हुन्छन् ।
नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ ।
खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात् भनेर चिनिन्छ ।
प्रायः भिडे खुर्सानी बाहेक सबै खुर्सानी पिरो नै हुन्छ। कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो । तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुँदैन । खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन् ।
सामान्यतयाः नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ । खुर्सानीका जात पनि दर्जनौं हुन्छन् । नेपालमा अहिले डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीं यही खुर्सानी देख्न सकिन्छ। यो खुर्सानी काँचो (हरियो),पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ । त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ ।
अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन ।
नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।
अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा
– खाना पचाउने काममा विशेष सहयोग पु¥याएको हुन्छ।
– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।
– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।
– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पु¥याउँछ।
– हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।
– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ।
– डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पु¥याउँछ।
– रगतमा चिनीको मात्रा घटाउन मद्दत पु¥याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।
– ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।
– पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पु¥याउँछ।
– अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।
– थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ।
– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पु¥याउँछ।
– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।
प्रतिक्रिया