काठमाडौं ।
अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।
यस्तै, राति प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
प्रतिक्रिया