२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

पहिलो टी–२० क्रिकेटमा भारतद्धारा वेस्ट इन्डिज पराजित



काठमाडौं ।
भारतले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले ।

जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । भारतले यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको थियो।

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ८ : १३ बजे