मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको खसी बरामद गरेको छ ।
शुक्रबार जिल्लाको शिवराज नगरपालिका २ हल्लानगरस्थित भारतबाट नेपाल ल्याउँदै गरेको ना ६ ख ६६४१ नम्बरको ट्रकमा भन्सार छली गरी ल्याइएका १४५ वटा खसी बरामद गरिएको हो ।
बरामद गरिएको खसीको अंकित मूल्य तीस लाख पैतालिस हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भन्सार छलेर ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुन साथ प्रहरीको एक गस्ती टोली र भन्सार कार्यालय कृष्णनगरको संयुक्त टोली अनुसन्धानमा जुटेको थियो ।
सोही क्रममा खसि, ट्रक र ट्रक चालक सहित ४ जनालाई नियन्त्रणमा लिईएको हो ।
प्रतिक्रिया